झापामा युवकको डुबेर मृत्यु

झापा । झापाको गरामनीमा पौडि खेल्ने क्रममा एक युवकको मंलवार दिउसो मृत्यु भएको छ । मुत्यु हुने पाचथर घर भई हाल गरामनी २ बस्ने २२ बर्षिय दिपेन्द्र राई रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

                                                                                                                                                                pokhara

विर्तामोड जोडने सहायक राजमार्ग अन्तरगत गरामनी देखि १०० मिटर उत्तरमा रहेको पोखरीमा साथीसंग पौडि खेल्न गएको बेला राईको मुत्यु भएको प्रहरीले जनाएको छ । राई सहित अरु दूई जना पौडि खेल्न भनी त्यहाँ पुगेका थिए । राईको शवलाई पोष्टमार्टमको लागि भद्रपुर मेची अञ्चल अस्पताल पठाइसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: