तीन दिने तालिम सम्पन्न

भद्रपुर । नारी सीप विकास केन्द्र बनियानीको आयोजनामा सञ्चालित ३ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । महिला शसक्तिकरण अभियान अन्र्तगत झापा क्षेत्र नम्वर ३ का सभाषद कृष्णप्रसाद सिटौलाको संसद विकास कोषबाट प्रदान गरेको ५० हजारको आर्थिक सहयोगमा बनियानीमा कार्यक्रम सम्पन्न गरिएको हो ।

गीता खरेको अध्यक्षता तथा नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का क्षेत्रीय सभापति गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिताराम खड्का, हर्कबहादुर गरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

झापाका दक्षिणी गाविसहरु पाठामारी, बनियानी, पथरिया, बालुवाडी, पृथ्वीनगर क्षेत्रका १ सय ४० जना महिलाले प्रशिक्षण लिएको कार्यक्रमको सहजीकरण भीमा शिवाकोटीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्: