युवतीलाई बन्धक बनाएर यौनधन्दा सञ्चालन गर्ने पक्राउ

बिर्तामोड । युवतीलाई बन्धक बनाई यौन धन्धा संचालन गर्ने एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । झापाको सुरुङ्गाका दुई युवतीलाई बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्ने मेची टप होटलका सञ्चालक जितेन उपनामले चिनिने डिजाइन राजवंशीलाई प्रहरीले पक्राउ गरेको असई अम्बिका पोख्रेलले बताए ।

राजवंशीले इटहरी निवासी २२ वर्षीया राई थरकी र एक सुरुङ्गा निवासी २३ वर्षीया जोगी थरकी अर्की युवतीलाई लामो समयदेखि बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्दै आएको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   sisu

पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको र पीडित युवतीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: