सरोकारवाला निकायको लापरवाहीले पुल बनेन

उतम नेपाल/

भद्रपुर । जिल्ला विकास समिति झापाले चासो नदेखाउँदा दक्षिणी झापाका सयौ बासिन्दा पुलको अभावका कारण आवत जावतको समस्यामा परेका छन् । झापाको विकट मानिने पथरिया, घेरावारी हुदै जलथल जोड्ने डाकुपाडा खालको पुल दुई वर्ष अघि बाढीले भत्काएपछि त्यहांका जनता समस्यामा परेका हुन् ।

सो पुल नबन्दा पथरिया, बनियानी, घेरावारी, राजगढ र जलथल गाविसका जनताले बर्षातको समयमा नकाबन्दीमा पर्नु पर्ने विडम्वना रहेको छ । राज्यबाट लिन सकने आकस्मिक सेवाका सबै सुविधाहरुबाट बञ्चित हुने अवस्था रहेको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भूमिप्रसाद राजवंशीले जानकारी दिए ।

                                                                                                               pul

वर्षा लाग्ने समय हुन थालेपछि पुलको कारण सम्वन्ध विच्छेद हुन गएका यी गाविसका जनता पैनी कसरी पार हुने चिन्तामा डुबेका छन् । विकास र जनसराकोरका बिषय लिएर त्यस क्षेत्रका जनता, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुले सामुहिक रुपमा पथरिया प्रहरी चौकीमा भेला भई संचारकर्मीहरुसंग एक मुष्ट गुनासो पोखेका थिए ।

सदरमुकाम स्थित सम्बन्धित निकायमा दुई वर्ष देखि दैनिक जसो प्रयास गर्दा गर्दै पनि यो पुल नबन्दा महिला, बालबालिका, विद्यार्थी, मजदुर तथा विभिन्न व्यासायमा लागेका मानिसहरुलाई ठूलो समस्या पर्ने भएकोले सम्बन्धित निकायको ध्यान जाने उद्देश्यले पत्रकारहरुलाई गुहारेको शान्ति समिति पथरियाका संयोजक बलबहादुर थापाले जानकारी दिए ।

सो अवसरमा त्यस क्षेत्रका राजनीतिक दलका प्रतिनिधिहरु भूमिप्रसाद राजवंशी, हरनारायण राजवंशी, हक्र्रबहादुर लिम्बु, लालबहादुर ढु्रगांना , नवराज भट्टराई, शेरबहादुर खत्री, गीताप्रसाद भट्टराई र पथरिया उच्च माविका प्रधानाध्यापक रामाकान्त कर्णले पनि यो पुल बन्नु पर्ने कुरामा जोड दिए ।

उपभोक्ता समिति मार्फत काम भएमा सो पुल निर्माण लगभग रु.२५ लाखमा सम्पन्न हुने भए पनि सरोकारवाला निकायको बेवास्ताले काम हुन नसकेकोले स्थानीय बासी अन्यौलमा परेका हुन् । हजारौं जनतालाई प्रत्यक्ष असर पार्ने सो पुल बन्न नसक्दा समस्यै समस्याले पीडित बनाएको स्थानीयको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: