सृष्टीको बलिउड ग्ल्यामरस् पोज

झापा । नेपाली कलाकारले बलिउडमा स्थान पाउन धेरै नै संघर्ष गर्नुपर्छ । मनिषा कोइराला नेपाली भएर पनि बलिउडमा राम्रै स्थान ओगट्न सफल भएकी अभिनेत्री हुन् । उनले त्यो स्थान पाउन धेरै नै संघर्ष गर्नु परेको थियो ।

कुनै–कुनै नेपालीे कलाकारले झुक्किएर बलिउडमा ठाँउ पाउने गरेका छन् । त्यसरी नै झुक्किएर बलिउडमा स्थान पाएकी छिन् मिस नेपाल २०१२ की सृष्टी श्रेष्ठले ।
नेपाली चलचित्रमा अभिनय प्रयास असफल भइरहेको समयमा सृष्टीले ‘ज्याकपट’ को ‘कभि जो बादल बर्षे’ बोलको गीतमा अनप्लगड संस्करणको भिडियोमा काम गर्ने मौका पाएकी छिन् ।

सृष्टीले अभिनय गरेको त्यो भिडियोलाई टिसिरिजले आफ्नो युट्युबबाट रिलिज गरेको छ भने बलिउडको चर्चीत हङ्गामा डटकमले आफ्नो वेबसाइटमा राखेको छ । त्यस गीतमा सृष्टीले त्यस फिल्मका मुख्य कलाकार सचिन जोशीसँग रोमान्चको अभिनय गरेकी छन् । उनले त्यो भिडियोमा खुलेरै ग्ल्यामरस् अभिनय गरेकी छिन् ।

त्यो भिडियो गीत रिलिजपछि भने सृष्टीको बलिउड करियरमा नयाँ मोड आउने सम्भावनाको ढोका खुलेको अनुमान लगाउन सकिन्छ । भिडियोको क्रेडिटमा गायक अर्जित सिं आदिको नाम भए पनि सृष्टीको नाम भने हटाइएको छ ।

s1 s2 s4 s5 s6 s7 s8 s5s9

प्रतिक्रिया दिनुहोस्: