आज पनि भुकम्पका दुई धक्का

काठमाडौं । झण्डै २४ घण्टापछि बिहिवार राजधानीमा चार रिक्टरस्केलमाथिका दुई भुकम्पको धक्का महसुश भएको छ । दिउँसो २ बजेर ११ मिनेटमा दोलखा केन्द्रबिन्दु र २ बजेर २६ मिनेटमा नुवाकोट केन्द्र भएर ४ रिक्टर स्केलको पराकम्पन भएको केन्द्रले जनाएको छ ।

गत बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि निरन्तर पराकम्पनहरु आइरहेका छन् । यद्यपी गएको केहि दिनयता पराकम्पन हुने क्रम घट्दै भएको छ ।

प्रतिक्रिया दिनुहोस्: