कुन क्षेत्रमा कुन कुन चोर सक्रिय

भूकम्प आएपछि काठमाडौंमा चोरहरुको विगबिगी बढेको छ। यस्तै अवस्था आइरहे यसले झन बिकरल रूप लिनसक्ने प्रहरीले जनाएको छ । भूकम्पपछिको अवधिमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुले ४५ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लियो । अनुसन्धानपछि २३ जनालाई चोरीको मुद्दा नै दर्ता र्गयो। राजधानीका विभिन्न स्थानका कुन चोरले रजाइँ गरिरहेको छ त ?

बालाजु क्षेत्र

बालाजु र बसपार्क क्षेत्रमा हिलेटोलमा डेरा गरी बस्ने २२ वर्षका पेम्बा लामाको बिगबिगी छ। उनी यसभन्दा अघि ६ पटकभन्दा बढी जेल पर्दे छुट्दै गरेका छन् । करिब १२ जनाको समूहको नेतृत्व पेम्बा गर्छन्।

उनको समूहले बसुन्धरा क्षेत्रमा समेत चोरी गरेको प्रहरी तथ्थांक छ । आफ्नो समूहमा रहेका केदार लम्साल र सुन्दरलाल श्रेष्ठलाई उनले बसुन्धरा क्षेत्रमा चोर्ने जिम्मा दिएका छन् । प्रेम सुर्खेती, विक्रम थापा मगर र बलम्पाकीलाई उनले बसपार्क र मैनमैजु र बालाजुमा स्वयम् उनी र साथमा सुभास सुब्बा र छिरिङ लामाको सहायतमा उनले चोर्ने काममा सक्रिय छन् ।

बानियाँटार

काठमाडौंको बानियाँटारमा सुनिल महतको समूह चोर्ने काममा सक्रिय छ। काभ्रे सिन्थली ८ घर भइ त्यस क्षेत्रमा बस्ने २० वर्षका उनी पटक पटक जेल पर्दे छुट्दै गरेको प्रहरीले जनाएको छ । उनको समूहले ल्यापटप, मोबाइल, क्यामरा, गरगहना, लगायतका सजिलै बोकेर हिड्न मिल्ने सामान बढी चोर्ने गरेको प्रहरीले जनाएको छ ।

बौद्ध

बौद्ध क्षेत्रमा अचेल हिराबहादुर शाही समूहको विगविगी छ। ३० वर्षका उनी २० वर्षदेखि नै चोरी पेशामा लागेका हुन्। धादिङ घर भइ कलंकी बस्ने उनले चोरीका लागि भने बौद्ध क्षेत्र नै रोज्ने गरेका छन् । उनले कालेभोटे भन्ने मनकुमार तामाङलाई साथमा लिएर चोरीमा हिड्छन् । उनीहरूले प्रायः मोटरसाइकलमा चढी महिलाका गरगहना र ब्याग चोर्ने गरेको प्रहरीले जनाएको छ ।

ललितपुर

naike
टिकापुर कैलाली घर भइ काठमाडौंको गौशाला बस्ने २७ वर्षीय देवकुमार चौधरी ग्वार्को र सातदोबाटो क्षेत्रमा चोरीमा नामुद छन् । उनले रामेछापका ४९ वर्षका होमबहादुर मगरको साथमा ती क्षेत्रमा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ।

उनको समूहले गत वैशाख २५ गते मात्र सुनाकोठीका शिवराज कार्कीको घरमा चोरी गरेका थिए । उनको समूह यतिखेर प्रहरी फन्दामा छ ।
ललितपुरमा चौधरी समूह मात्र होइन छिरिङ लामाको समूह निकै सक्रिय छ।

नख्खुमा बसेर उनले ललितपुरका सहरी क्षेत्रमा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । उनको समूहमा अरु ३ जना पनि छन् । बाहुन भन्ने गणेश देवकोटा, आयुष लामा उनको सहयोगी हुन्। उनीहरू सबै पटक पटक चोरी मुद्दामा जेल परेर छुटने गरेको एसएसपी पुष्कर कार्कीले बताए।

उनको समूह कहिलेकाही चोरी गर्न कलंकीसम्म पुग्छ ।
यी बाहेक राजधानीको रिङरोडमध्ये कोटेश्वर, कलंकी क्षेत्रमा बसभित्रै साँझपख यात्रु लुटिन्छन् ।

समूह बनेर नै बसमा चढ्ने अनि कोड भाषा प्रयोग गरेर चोर्ने समूह पनि निकै सक्रिय रहेको प्रहरीले जनाएको छ । ती समूहको खोजीकार्य भइरहेको भन्दै प्रहरीले छिट्टै समातिने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्: