ज्याकी च्यानसँग फिल्म खेल्न सक्दैनन् : आमिर खान

एजेन्सी । अघिल्लो बर्ष भारत र चीनले सँगै मिलेर फिल्म बनाउने बिचार गरेको थिए । यसै महिना जब प्रधानमन्त्री नरेन्द्र मोदी चीनमा थिए तब यस्तै तीन फिल्म बनाउने घोषणा गरिएको थियो ।

त्यो एउटा फिल्म थियो “कंग–फू योगा’ । भनिदै थियो कि यसमा आमिर खान र ज्याकी च्यान साथमा काम गर्नेछन् । तर, यस्तो हुन सकेको छैन । आमिरसँग यस फिल्मको लागि समय छैन ।
आमिरले भनेका छन् इन्डो–चाइनाको प्रोडक्शन गर्न सक्दैनन् किन भने उनी आफ्नै फिल्म “दंगल’ मा व्यस्त छन् ।

19_05_2015-jackie_chian AMIR-KHAN-jpg

उनको शरीर पुरै “दंगल’ को काममा लागेको छ । उनी च्याकी च्यानका एकदम ठूलो फेन हुन तर साथका फिल्ममा काम गर्न समय भएन खेल्न सक्दिन । उनी डेढ महिनापछि वैट घटाउन शुरु गर्ने छन् । तर, “कंग–फू योगा’ को सुटिङ्ग अबको तीन महीनापछि शुरू हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्: