बिर्तामोडको फोहोर ब्यवस्थापन चुनौतिपुर्ण

बिर्तामोड । बिर्तामोडको फोहोर ब्यवस्थापन चुनौतिपुर्ण रहेको एक अन्तरक्रियाका वक्ताहरुले बताएका छन् । फोहोर फाल्ने ठाउको अभाव रहेकाले केहि महिना पछी बिर्तामोडमा दुर्गन्धका कारण बस्न नसकिने उनिहरुको भनाई छ ।

एकता हेड्स नेपालले फोहोर ब्यवस्थापन सम्बन्धमा बिहिवार बिर्तामोडमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्क्ताहरुले आगामी दिनमा आउने समस्याको बिषयलाई नगरपालीकाले तुरुत्त संवोधन गर्नुपर्ने सुझाव राखेका छन् ।

उद्योग वाणिज्य संघ बिर्तामोड शाखाका अध्यक्ष बलराम कार्कीले एकता हेड्सले जिम्मेवारी पुर्ण ढङले काम गर्न नसकेको बताए । उनले सहमतिमा उल्लेख भए बमोजिम फोहोर ब्यवस्थापन कार्य नभएको बताउदै सहि तरिकाले काम गर्न सुझाव दिए ।   fohor btm

त्यसैगरी उद्योग बाणिज्य संघ बिर्तामोड शाखाका उपाध्यक्ष प्रकाश शिवाकोटीले एकता हेड्सले सहमति अनुसार नै फोहोर ब्यवस्थापनको काम गरिरहेको बताए । एकता हेड्स नेपालका अध्यक्ष स्याम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्वाञ्चल संयोजक गणेश पोख्रेल, फुटबल संघ झापाका अध्यक्ष जल कुमार गुरुङ, होटल ब्यवसायी भोला उप्रेती, एमाओवादीका चन्द्र सुवेदी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्: