भूकम्प पीडितलाई पर्शुरामको सहयोग

बिर्तामोड । झापाको बिर्तामोड निवासी समाजसेवी परशुराम ढकालले भूकम्प पीडितहरुका लागि ५१ हजार १ सय ११ रुयैया सहयोग रकम प्रदान गरेका छन् ।
ढकालले बुधबार जिल्ला दैवी प्रकोप राहत कोष मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीलाई सो रकम प्रदान गरेका हुन् ।
भूकम्पका महाविपत्तिका बेला नेपाल पत्रकार महासंघ तथा सञ्चारमाध्यमहरुले राहत तथा उद्धारको लागि खेलेको भूमिकाको सरहाना गर्दै ढकालले पत्रकार महासंघ मार्फत राहत रकम पं्रदान गरेको बताइएको छ ।

par
राहत रकम हस्तान्तरण कार्यक्रममा ढकालका छोराहरु अग्रज पत्रकार मदन ढकाल र व्यवसायी सुरेश ढकालको पनि उपस्थिति थियो । ढकालले गतवर्ष सुनकोशी नदीका कारण भएको प्रकोपका पीडितलाई पनि ५१ हजार १ सय ११ रुयैया सहयोग गरेका थिए । विपद्का बेला मानवसेवामा थोरै भएपनि मलमपट्टी होस भनेर उक्त सहयोग गरेको ढकालले बताए ।
उक्त रकम जिल्ला प्रशासन कार्यालयमा दैवी प्रकोप राहत कोषमा जम्मा गरिने पत्रकार महासंघका अध्यक्ष नेम्वाङले बताए । पत्रकार महासंघमार्फत अन्य संस्थाहरुले पनि राहत रकम पठाउने क्रम जारी छ ।
महासंघका सचिव एकराज गिरीका अनुसार तीन दिन अघि राजवंशी समाज विकास समिति बिर्तामोड र गौरवती सतानु राजवंशी स्मृति प्रतिष्ठानले ४० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । यस अघि विभिन्न संस्थाले पत्रकार महासंघलाई हस्तान्तरण गरेको ८० हजार ६ सय १० रुपैया कोषमा जम्मा भइसकेको छ ।
यो सँगै पत्रकार महासंघ झापाको संयोजनमा १ लाख ७१ हजार ७ सय २१ रुपैया भूकम्प पीडितका लागि राहत कोषमा जम्मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: