राहत सामग्री वितरणमा अनियमितता हुन दिन्न– प्रम

काठमाण्डौ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्पपीडितलाई स्वदेश तथा विदेशका नागरिक, सङ्घसंस्था र सरकारले दिएको सहयोग रकम र राहत सामग्री वितरणमा अनियमितता हुन नदिइने बताएका छन् ।

कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितका निम्ति विभिन्न संस्थाले दिएको राहत रकम ग्रहण गर्दै भने– उनीहरुले पेट काटेर पठाएका छन, यहाँ बसेर मजाक गर्न खोज्ने ? उनले यस्तो घृणित कार्य हुन नदिने पनि बताए ।susil

’राहत रकम र राहत सामग्री वितरणमा पक्षपात गर्ने र अनियमितता गर्ने कार्य हुन दिइने छैन’, कोइरालाले भने । प्रधानमन्त्री कोइरालाले सङ्कलित राहत रकम र प्राप्त राहत सामग्री भूकम्पपीडितसमक्ष पुगे नपुगेको सरकारले पनि गम्भीरतापूर्वक हेरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्: