विद्यालयमा शिक्षकले नपढाएको भन्दै तालावन्दी

जाजरकोट । जाजरकोटको एक दुर्गम गाउँमा रहेको विद्यालयमा तालावन्दी गरिएको छ । शिक्षकहरुले विद्यालयमा नपढाएको , छात्रवृतीको रकम वितरण नगरेको भन्दै जिल्लाको पुर्णज्योति प्रावि खारीसक्लामा तालावन्दी गरिएको स्थानीय नारायण प्रसाद गौत्तमले जानकारी दिए ।talabandi

विद्यार्थी, अभिभावक , विव्यस अध्यक्ष समेतको उपस्थितिमा विद्यालयमा तालावन्दी गरिएको गौत्तमले जानकारी दिए । शिक्षकहरु विद्यालयमा नियमित उपस्थिथत नहँुदा पढन पाठनमा समस्या आएको भन्दै वध्य भएर तालावन्दी गर्नु परेको स्थानीयले बताएका छन् ।

छात्रवृतीको रकम वितरण गर्न धेरै पटक आग्रह गरेपनि प्रधानाध्यापक गणेश नेपालीले व्यवस्था गरेको गौतमले बताए । विद्यालय भन्दा पनि सदरमुकाममा रहेको पसलमा पढी प्रधानाध्यापक गणेश नेपालीले समय दिँदा पढन पाठनमा समस्या हुदँै आएको हो ।

प्रतिक्रिया दिनुहोस्: