सलमान खान लुलियासँग बिबाह गर्ने

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान यस बर्ष अन्तिमतिर बिबाह गर्न सक्ने समाचार बाहिर आएको छ । यो बिबाह सुटुक्क हुन सक्ने सम्भावना रहेको छ । यदि इन्डस्ट्रीको स्रोतको अनुसार मान्ने हो भने सलमानले बिबाह गर्ने मन बनाएका छन् । उनले यो बर्षको अन्तिममा आफ्नी नर्याँ गर्लफ्रेन्ड लूलिया वन्तूरलाई जीवनसाथी बनाउने भएका हुन् ।

भनिदै छ अहिलेसम्म सलमान ‘हिट एन्ड रन’ बिषयमा फैसलाको पर्खाइमा रहेका थिए । फैसला भइसकेको छ र उनलाई दिइएको ५ बर्षको सजायमा पनि अन्तरिम रोक लगाइएको छ । अब उनका परिवार पनि चाहन्छन् सलमानको बिबाह होस् । यो अवस्थाले गर्दा पनि सलमान गर्लफ्रेन्ड लूलियासँग बिबाहको लागि तयार भएका हुन् ।
अघिल्लो बर्ष जब हैदराबादमा सलमानकी बहिनी अर्पिताको बिबाह भएको थियो, त्यस समयमा पनि यस्तो समाचार आएकोृ थियो उनले आफ्नी गर्लफ्रेन्ड लूलियालाई फैमिलीसँग भेटघाट गराएका छन् । त्यसपछि पनि सलमानले यो कुरा स्वीकार गरेका थिए कि २०१५ मा आफ्नो बिबाह हुनेछ ।  salman-khan

प्रतिक्रिया दिनुहोस्: