स्वयम्सेवाको अगुवाई हाम्रो पार्टीले गर्नेछ – नेता ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपत्तिपछिको अवस्थामा राजनीति नभई पवित्र सेवाभावका साथ स्वयम्सेवामा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि सञ्चालन गर्न लागेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानमा खटिने केन्द्रीय टोलीका लागि आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले असाधारण सङ्कटग्रस्त अवस्थामा खास गरी अस्थायी आवास निर्माणका साथै त्रसित मानिसलाई सामान्य अवस्थामा फर्काउने काम गरिने बताए ।

यही जेठ १० गतेदेखि एक महिनासम्म सञ्चालन हुने अभियानमा दश हजार स्वयम्सेवक परिचालन हुनेछन् । अध्यक्ष ओलीले भने, “मुलुकमै स्वयम्सेवाको अगुवाइ हाम्रो पार्टीले गर्नेछ, १० गतेपछि देशले थाहा पाउँछ एमाले के हो भन्ने ।  kp oli

” उनले देशभित्र र बाहिरबाट उपलब्ध सहयोग र वितरणको स्पष्ट लागत राख्न पनि आग्रह गरे । छानामुनि जनतालाई ल्याइसकेपछि पुरातात्विक महत्वका धरोहर र बाटाघाटा निर्माणमा प्राथमिकता दिनुपर्ने बताउँदै उनले जनतामा हामी बनाउन सक्ने रहेछौँ भन्ने मनोबल उठाउन अभियान सञ्चालन गरिएको हो भने ।

उनले भने, “विपत्तिको सामनाको कामलाई एमालेले निकै प्राथमिकता दिएको छ, हामीले जनताले हरेस नखाऊन् भनेर भूकम्प आएको भोलिपल्टै स्थायी कमिटीको बैठकबाट उद्धार, राहत र परिचालनका काममा जुट्ने निर्णय गरेका छौँ, अब पार्टीका अभियानले गति लिन थालेको छ ।

” उनले भने, “हामीले फेसबुकमा तस्बिर राख्नका लागि होइन जनतालाई सेवा दिने व्यापक भावना र सकारात्मक सन्देशका लागि काम गर्छांै , देखावटी होइन यथार्थका लागि गर्छौं ।” कार्यक्रममा अध्यक्ष ओलीले स्वयम्सेवकका टोली प्रमुखलाई शपथ गराउँदै अभियान परिचालनसम्बन्धी निर्दे्शिका, आचारसंहिता र सन्दर्भ सामग्रीसहितको पुस्तिका पनि सार्वजनिक गरे ।

एमालेको यही जेठ ३ गतेको स्थायी कमिटीको बैठकले सचिव गोकर्णराज विष्टको संयोजकत्वमा सो अभियान परिचालन समिति गठन गरेको थियो । पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यो स्वयम्सेवाले विश्वलाई नेपालीलाई कसरी आफ्नो मुलुक बनाउनेछन् भन्ने देखाउने बताए ।

प्रतिक्रिया दिनुहोस्: