अमात्यको ठाउँमा पर्यटन मन्त्रीमा शेर्पा आउने

काठमाडौँ । नेकपा (एमाले) ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा सभासद् कृपाशूर शेर्पालाई सिफारिस गरेको छ । यसअघि सो मन्त्रालयको जिम्मेवारी लिएका दीपकचन्द्र अमात्यले पार्टीमार्फत राजीनामा दिएकाले नयाँ मन्त्री नियुक्त गर्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

मन्त्रीमा शेर्पालाई आजै नियुक्ति गरी साँझ राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने बुझिएको छ । भोजपुर क्षेत्र २ बाट निर्वा्चित सभासद् शेर्पा सक्रिय राजनीतिमा आउनुअघि पर्यटन मन्त्रालयमै कार्यरत थिए ।mantri

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सम्हालेका अमात्यले हिजोमात्र राजीनामा दिएका थिए । आमात्यले पर्यटन मन्त्रीका रुपमा आठ महिना काम गरेका थिए । व्यक्तिगत कारणले अमात्यले राजीनामा दिएको बताइएपनि उनलाई राजीनामा दिन पार्टी्भित्रैबाट बाध्यात्मक स्थिति सृजना गरिएको बताइएको छ ।

उनको कार्यशैलीबाट पार्टी नेतृत्व असन्तुष्ट रहेको स्रोतले बताएको छ । तर, यसमा अमात्य स्वयं मौन रहेका छन् । अमात्य पूर्व मन्त्री भीम आचार्यलाई प्रतिस्थापन गर्दै पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । आचार्य खनालका नातेदार थिए भने अमात्य पनि खनालकै पूर्व स्वकीय सचिव रहिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्: