खोप्लाङको नवनिर्माणको डिजाइन म आफै गर्छु,– भट्टराई

गोरखा । एमाओवादीले शुरु गरेको ‘राष्ट्रिय श्रम अभियान २०७२’ अन्तरगत गोरखामा डा. बाबुराम भट्टराईले शुरुवात गरेका छन् । डा. भट्टराईले नगरपालिकाको वार्ड नम्बर ४ मा रहेको शिवशक्ति प्राथमिक विद्यालयको पुनर्निर्माण गर्दै शुरुवात गरेका हुन् ।                        bhattarai

पहिलो चरणमा विद्यालयको जिर्ण भवन भत्काउने र त्यसपछि त्यसको पुनः निर्माण गरिनेछ । पुनःनिर्माणका लागि इन्जिनियर र प्राविधिक टोलीसहित एमाओवादीको टोली गोरखा पुगेको छ । अभियानको शुरुवात गर्दै डा. भट्टराईले भने, ‘यो हाम्रो नवर्निर्माण अभियानको शुरुवात हो ।

देशको नवर्निर्माणमा विदेशीको मात्र मुख ताकेर हुँदैन । अब हामी आफैले मिलेर यसको शुरुवात गर्नुपर्छ ।’ विदेशीको मात्र मुख ताकेर बसे देशको हालत हाइटीजस्तै हालत हुने उनको जिकिर थियो । ‘देशको वार्षिक बजेटभन्दा दोब्बर क्षति भएको छ । यसमा अन्तर्रा्ष्ट्रियको सहयोग आवश्यक त छ,’ उनले भने, ‘तर, सबै कुरा विदेशीको भरमा मात्र पर्नुहुँदैन । आफ्नो खुट्टामा उभिन सक्नुपर्छ ।

उनीहरुबाट सहायता मात्र लिने हो ।’ डा. भट्टराईले गोरखामा राहत वितरण प्रभावकारी भएको वा नभएको भन्ने बारे दैनिक रुपमा दुईपटक फोन गर्दै प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिने गरेको कुरा पनि त्यहाँका जनतालाई अवगत गराए ।

प्रतिक्रिया दिनुहोस्: