पहिरोले बारपाकका भूकम्पपीडितको बिचल्ली

गोरखा । विनाशकारी भूकम्पपछि बारीको पाटोमा र खुला चौरमा जीवन बिताउन बाध्य उत्तरी गोरखाका बासिन्दा पहिरोका कारण पुनः बिचल्लीमा परेका छन् ।
वर्षाले गर्दा त्रिपालको बाससमेत उनीहरुको लागि यतिबेला सकस हुन थालेको छ ।

भूकम्पले घरबारविहीन बनेपछि प्लास्टिक र त्रिपालको भरमा बसेका खोप्लाङ, थोप्राक, गाँखु, श्रीनाथकोट,जौबारी, मुच्चोक, सिम्जुङ, घ्याल्चोक, बारपाक, लाप्राक, गुम्दा, कासीगाउँ, केरौला, लापु, उहियालगायतका गाविसका बासिन्दा पछिल्ला तीन दिनदेखि पर्न थालेको पानीले निम्त्याएको पहिरोका कारण बिचल्ली परेका हुन् ।

पानी पर्न थालेपछि भूकम्पले चिराचिरा बनाएको पहाडबाट पहिरो झर्न थालेकाले ती गाविसलाई जोड्ने एकमात्र कच्चीसडक पटकपटक अवरुद्द बन्न थालेको छ । सडकमा ठूलाठूला ढुंगा खस्न र पहिरो जान थालेपछि उद्दार, राहत र पुनः निर्माणका लागि विभिन्न संघसंस्थाले दिएका सामग्री ढुवानीमा समस्या परेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: