प्रधामन्त्री उद्दार कोषमा हालसम्म तीन अर्ब २४ करोडबढी जम्मा

 काठमाडौं । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा हालसम्म तीन अर्ब ६४ करोड बढी जम्मा भएको छ । शुक्रबारसम्म कोषमा तीन अर्ब ६४ करोठ १४ लाख ६६ हजार ९० रुपयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रवक्ता उत्तमकुमार खत्रीले जानकारी दिए । उनले कोषमा आजमात्रै १३ करोड ५७ लाख ३५ हजार आठ ७३ रुपयाँ जम्मा भएको जानकारी दिँदै रकम संकलन हुने क्रम जारी रहेको बताए । विनाशकारी भुकम्पपछि आठ हजारबढीको ज्यान गएको छ भने अर्बौको संरचनामा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्: