फजुल खर्च कटौती गर्दै सरकार, के–के कटौती हुँदै छ ?

काठमाडौं । भूकम्पबाट ध्वस्त भौतिक संरचना निर्माण र पीडितको पुनस्र्थापनाका लागि आवश्यक रकम जुटाउन सरकारी अनावश्यक खर्च कटौती हुने भएको छ । अर्थ मन्त्रालयले खर्च कटौती निर्दे्शिका ल्याउँदै छ ।
कर्मचारीले खाँदै आएको प्रोत्साहन भत्ता कटौती, विशेष परिस्थितिमा बाहेक स्वदेश तथा विदेश भ्रमणमा रोक, नयाँ गाडी किन्न तथा कार्यालय खोल्न नपाउने र इन्धन खर्च कटौती गरिने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बैठकभत्ता, कार्यालयमा अत्यावश्यकबाहेक अरु सामग्रीको खरिद, विकास आयोजनामा अनुगमनका नाममा हुने भ्रमण, सरकारी खर्चमा अध्ययन भ्रमण पनि नियन्त्रण गरिनेछ ।

p1
त्यस्तै, दैनिक भ्रमण खर्च, स्थानीय भत्ता, महँगी भत्ताबाहेकका अन्य भक्ता कटौती हुनेछ । सरकारी खर्चमा गोष्ठी तथा भोजभतेर गर्नसमेत रोक लगाइने अर्थ मन्त्रालयले जनाएको छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: