मानसिक अस्तपालमा विरामीको संख्या बढे

ललितपुर । वैशाख १२ गतेको गएको विनाशकारी भूकम्पका कारण पाटनस्थित मानसिक अस्पतालमा विरामीको संख्या बढेको छ । अस्पतालका अनुसार ठूलो भूकम्पपछि आएका पराकम्पनले गर्दा सर्वसाधारणमा डर, त्रास र मानसिक तनाव बढेको कारण विरामीको चाप बढेको हो ।

बर्बाराउने, मौन बस्ने, हाँस्ने तथा विभिन्न असमान्य क्रियाकलाप गर्ने विरामीको सँख्या बढेको छ । बैशाख १२ गते आएको भूकम्पले सर्वसाधारणमा त्यति असर नपारे पनि वैशाख २९ गतेको ठूलो पराकम्पनपछि झन् त्रास बढेको छ ।

त्यसले गर्दा आत्तिने, भाग्ने, कोठा जान डराउनेलगायतका समस्या देखिइको बताइएको छ ।
विरामीको चाप बढेको कारण अस्पतालले अहिले चौबिस घण्टा निःशुल्क उपचार गरिरहेका छन् ।

जनरल र पेइङ्ग टिकट निःशुल्क रुपमा दिइरहेको छ । अस्पतालका डा. अनन्त प्रसाद अधिकारीका अनुसार नयाँ बिरामीमा अनिद्रा लाग्ने, भूकम्पको भय, त्रास र डर अत्याधिक रहेकाले धेरैलाई निद्रा लाग्ने औषधी वितरण गरिएको बताए ।

धेरैको घर भत्किएको कारण पूराना बिरामीकोहरुको कागजातहरु नभएका कारण उपचारमा समस्या भइरहेको अस्पतालले जनाएको छ ।
विरामीको इतिहास, औषधी, औषधीको प्रकार र सेवन विधि थाहा नहुने र विरामीलाई पनि त्यस विषयमा अनभिज्ञ हुने भएकाले पूरानालाई पनि नयाँ विरामीलाई जस्तै सामान्य उपचार विधि अपनाएर पठाइने गरिएको छ ।

सामान्य रुपमा उपचार हुनसक्ने मानसिक रोगलाई समयमा नै उपचार गराउनु आवश्यक रहेको जानकारी दिए । उपचार हुन नसके विभिन्न प्रकारका मानसिक तथा अरु रोगहरु लाग्नसक्ने खतरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्: