राजश्व छलीको आशंकामा अनुसन्धानको छापा

रुपन्देही । रुपन्देहीको लुम्बिनी करीडोरमा रहेको बृज सिमेन्टले राजस्व छली गरेको आंशकामा पश्चिमाञ्चल राजस्व अनुसन्धान कार्यालय बुटवलले छापा मारेको छ । राजश्वले उद्योगमा छापा मारी शंकाश्पद कागजपत्रहरु नियन्त्रयणमा लिई अनुसन्धान सुरु गरेको छ ।5

करिडोरको ठुलो र बढी बजार ओगट्ने मध्येको एक बृज सिमेन्टले स्थानीय स्तरमा सामानहरु बिक्री गर्दा एउटै बिलबाट दुईपटक सम्म मालसामान पठाउने गरेको स्रोतको दावी छ ।
यसरी एउटै बिलबाट दुईदुई पटक सामान बिक्री गरी लाखौ राजस्व छली गरेको दावी स्रोतले गरिरहदा राजस्व अनुसन्धान कार्यालय बुटवलले भने यसलाई नियमीत अनुगमन भएको बताएको छ ।

राजस्व अनुसन्धान बुटवलका प्रमुख आनन्दराम रेग्मीले बृजमा छापा मारी कागज पत्रहरु अनुसन्धानका लागी लगिएको पुष्टि गर्दै अनुसन्धान पुरा नहुन्जेल राजस्व छली भए र नभएको बताउन नसकीने बताए ।

‘सामान्यतया राजश्व अनुसन्धान कार्यालयले आफ्नो नियमित अनुगमनमा राजस्व छलीका शंकास्पद प्रमाणहरु नभेटाई फाईलहरु लैजादैन’ उद्योग स्रोत भन्छ, ‘फाईल कि त शंस्कास्पद प्रमाणहरु भेटेपछि लगिन्छ, कि त तर्साएर आर्थिक लाभ लिने उद्देश्यले लगिन्छ ।’

राजस्व अनुसन्धान प्रमुख रेग्मीले आफुहरुको ब्यापारीलाई अनावश्यक दुःख दिने नियत नभएको भन्दै बिस्तृत अध्यनको लागी उद्योगको कागजपत्रहरु लगिएको दावी गरे । बृज सिमेण्टले ओपीसी र पीपीसी दुवै ब्राण्डका सिमेण्टहरु उत्पादन गर्ने गर्दछ ।

यसैबीच उद्योगका म्यानेजर रवि गुप्ताले आफुहरुले राजस्व छली नगरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्: