राष्ट्रिय सहमतिको सरकार अपरिहार्य , थापा

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले राष्ट्रिय सहमतिको सरकार अपरिहार्य बनिसकेको बताएका छन् । राष्ट्रिय सरकारले मुलुकलाई सहि दिशानिर्देश गर्ने उनको विश्वास छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री थापाले राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधान निर्माणको अधुरो काम पूरा गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहमतिको सरकार बनेमा भूकम्पको विपत्तीको सामना गर्न पनि सहज हुने उनले विश्वास व्यक्त गरे ।

विपत्तीको सामना गर्न र संविधान निर्माणको काम पूरा गर्न सबै दल आफ्नो स्वार्थभन्दा माथि उठ्नु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्: