सभामुख र जापानी राजदूतबीच भेट

काठमाडौँ । सभामुख सुवास नेम्वाङसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले आज अपराह्न सभामुखको कार्यकक्षमा शिष्टाचार भेट गरे ।
त्यस अवसरमा उनीहरूबीच जापान– नेपाल सम्बन्धका साथै भूकम्पका कारण उत्पन्न नेपालको असहज अवस्था, जापानी सहयोग, संविधान लेखनमा भएका प्रगतिबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ ।

भेटमा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव ठाकुरप्रसाद बराललगायत सचिवालयका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्: