सुत्केरी महिलाको मृत्यु, बिर्ता सिटी हस्पिटलमा तनाव

बिर्तामोड । डाक्डरको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा तनाब उत्पन्न भएको छ । सुत्केरी ब्यथा लागेर उपचारमा आएकी एकजना महिलाको अपरेशनको क्रममा मृत्यू भएपछि शुक्रबार बिहान झापाको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा तनाब उत्पन्न भएको हो । मृतकका आफन्तले नारावाजी सहित हस्पिटल घेराउ गरेका थिए ।

गर्भवतीपछि उक्त हस्पिटलमा नियमित चेक जाँच गराईरहेकी बिर्तामोड– ६ कि २८ वर्षीया यशोदा निरौलाको शल्याक्रिया गर्ने क्रममा ज्यान गएको थियोे । डाक्टरको लापरवाही र अस्पताल प्रशासनको कमजोरीका कारण निरौलाको ज्यान गएको भन्दै मृतकका आफन्तले शुक्रबार बिहानैदेखि हस्पिटलमा घेराउ गरी नाराबाजी गरेका थिए ।

बिहीबार बेलुकी ७ बजे यशोदाको ज्यान गएको थियो । तर, अस्पतालका प्रशासनका कोही पनि उपस्थित नहुँदा मृतकका आफन्त असन्तुष्ट भएका थिए । यशोदाको मृत्यू हुनासाथ अस्पताल प्रशासन बेखबर बनेको आरोप पीडित परिवारको छ । निरन्तरको फोन सम्पर्कपछि अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेत शुक्रबार बिहान ९ बजे मात्र मृतकका परिवारलाई भेट्न अस्पताल पुगेका थिए ।

                                                                                                                                                               photo birtacity hospital
पारिवारिक स्रोतका अनुसार डक्टरले यशोदाको नियमित जाँच गरिरहेका थिए । ‘अवस्था सामान्य छ । जेठ ६ गते प्रशुति गराउनुपर्छ भन्नुभएको थियो ।’ मृतकका ससुरा नन्दिकेशर निरौलाले भने– ‘अप्ठ्यारो अवस्था भए अन्तै लैजान्छौं भन्दा पनि डाक्टरले नर्मल छ नआत्तिनु भने ।’ ‘सिकारु’ले शल्याक्रिया गरेर अन्तिम अवस्थामा पुगेपछि मात्र मेडिकल डाईरेक्टर डा. अनिल बस्नेत अपरेशन थिएटरमा प्रवेश गरेको पीडित परिवारको आरोप छ ।

यशोदाको ज्यान गईसकेपछि डाक्टर अतालिएर रगत माग्न थालेको पारिवारिक स्रोत बताउँछ । शल्यक्रिया गरेर बच्चा निकालिसकेपछि यशोदाको अवस्था नाजुक बन्दै गएको अस्पताल प्रशासनले स्वीकार गरेको छ । शिशुलाई हाल शिलिगुडी लगिएको छ । ‘अस्पताल प्रशासन नै बेपत्ता बन्यो अनि बच्चा यहाँ राखेर के गर्नु ?

’– परिवारका एक सदस्यले भने । पेटबाट बच्चा निकालिसकेपछि यशोदाका परिवारलाई डाक्टरहरुले बच्चाले पेटभित्र हुँदै दिसा खाईसकेको जानकारी दिएका थिए । ‘यशोदाको बारेमा सोध्दा ब्लड चाहिएको मात्र बताए ।’ मृतकका जेठाजु विष्णु निरौलाले भने– ‘लगातार तीन पटकसम्म हामीलाई रगत मागे । अन्तिम अवस्थामा मात्र डाक्टर अनिल प्रवेश गरेका हुन् ।’ डाक्टर अनिल प्रवेश गरेको केही क्षणमै यशोदाको ज्यान गएको जानकारी गराईएको थियो ।

हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट बस्नेतका अनुसार ‘अपरेसन थिएटरमा सामान्य ढंगले शल्यक्रिया भईरहेको थियो । बच्चा निकालिसकेपछि बिरामीको अवस्था बिग्रियो ।’ थिएटरमा अवेर प्रवेश गरेका उनले सुरुदेखि नै सबै देखेझैं गरेर भने– ‘उहाँले सास फेर्न अप्ठ्यारो भो भन्दा भन्दै समस्या ह्वात्तै बढ्यो ।’ तर पनि उनले अस्पतालको गैरजिम्मेवारी र डाक्टरको त्रुटीका कारण ज्यान गएको हुन नसक्ने बताए ।

यसैबिच पीडित परिवार र हस्पिटल प्रशासनबिच ७ बुंदे सहमति भएपछि शुक्रबार दिउसो आफन्तले शब बुझेका छन् । उपचारको क्रममा हस्पिटलको तर्फबाट गम्भिर गल्ती भएको स्विकार गर्ने, हस्पिटलको तर्फबाट सार्वजनिक माफी माग्ने, उपचारमा संलग्न डाक्टर अमितकुमार देवलाई बर्खास्त गर्ने, फितलो हस्पिटलको ब्यवस्थापन सुधार गर्ने, अक्षयकोषको ब्याजले प्रत्येक तीन महिनामा एकजना सुत्केरीलाई निशुल्क उपचार गर्ने गरी मृतकको नाममा हस्पिटलमा अक्षयकोष स्थापना गर्ने, ७ दिनसम्म नयाँ बिरामी भर्ना नलिने लगायतका सहमति भएपछि आफन्तले शब बुझेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: