कैदीबन्दीलाई आममाफी दिने सरकारको तयारी

काठमाण्डौ । सरकारले बन्दी जीवन विताइरहेका विभिन्न कैदीबन्दीहरुलाई आममाफी दिने तयारी गरेको छ । आगामी जेठ १५ गते कैदीबन्दीहरुलाई आममाफी दिने तयारी गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले असल आचारण भएका र ५० प्रतिशत सजायँ भुक्तान गरिसकेकालाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिन सक्ने ब्यवस्था रहेको बताए ।

sarkar
रिपोटर्स क्लवले शनिवार गरेको अन्तरक्रियामा बोल्दै उनले कानूनमा तोकेको १३ किसिमका अपराध बाहेककालाई मात्रै छाडिने स्पष्ट पारे । सबै कैदीबन्दीलाई आममाफी दिन नसकिने उनले स्पष्ट गरे ।
भूकम्प कुनै खुसीको अवसर नभएकोले कैदीबन्दीलाई माफी दिन नहुने स्पष्ट गरे । भूकम्पले आपराधिक स्वरुपमा परिवर्तन नगर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्: