गोरखा भूकम्पमा आठ हजार छ सय पचासको निधन

काठमाण्डौ । गत १२ वैशाख मा (७.६), १३ (६.९) र २९ (६.८ लोकल म्याग्निच्युड अर्थात् स्थानीय मान) मा आएको विनाशकारी भूकम्प र त्यसपछि आएका ठूला पराकम्पनमा परी आज बिहान १० बजेसम्म आठ हजार ६५० जनाको निधन भएको तथा २२ हजार ४० घाइते भएका छन् ।

NEPAL-QUAKE
भूकम्पका केन्द्रविन्दु गोरखाको बारपाक तथा दुई पराकम्पनका केन्द्रविन्दु सिन्धुपाल्चोक र दोलखाको सिमाना थिए । ‘गोरखा भूकम्प’ बाट ज्यान गुमाउनेमा काठमाडौँ उपत्यकामा एक हजार ७३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा छ हजार ४०८, पश्चिम क्षेत्रमा ४५२ र मध्यपश्चिम क्षेत्रमा दुई तथा घाइते हुनेमा उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५४, मध्य क्षेत्रमा सात हजार २३३, पश्चिम क्षेत्रमा एक हजार ३३२, मध्यपश्चिम क्षेत्रमा ३६ र सुदूरपश्चिम क्षेत्रमा दुई जना छन् ।

मृतक आठ हजार ६१२ जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये पाँच हजार ३०७ जना विभिन्न अस्पतालमा उपचारत रहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
भूकम्पमा ज्यान गुमाएका कुलमध्ये नेपाल प्रहरीका छ, नेपाली सेनाका नौ, सशस्त्र प्रहरीका एक, निजामती सेवाका ११ र विदेशी ७९ हुन् ।

घाइते भएका कुलमध्ये नेपाल प्रहरीका १८३, नेपाली सेनाका छ , प्रहरी बलका ३२ र विदेशी पर्यटक ५० जना छन् । यसैगरी हालसम्म नेपाली २३० र विदेशी ८९ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्: