भूकम्पबाट घाइते भएका वृद्धाको २८ दिनपछि मृत्यु

सिरहा । भूकम्पको पराकम्पनमा परी घाइते भएका एक वृद्धाको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भएकी सिरहा नपा–१६ का ७० वर्षीया अमिरा खातुनको उपचारपछि घरल्याएको अवस्थामा गए राती घरमै मृत्यु भएको हो ।

07

वैशाख १२ गतेको भूकम्पमा घरको पर्खाल भत्केर दुवैखुट्टा भाँचिएका खातुनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारपछि वैशाख २९ गतेमात्र घर ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । प्रहरी कार्यालय सिरहाकाअनुसार उपचारपछि घर ल्याएर औषधी चलिरहेको अवस्थामा वृद्ध खातुनको मृत्यु भएको हो । भूकम्पबाट सिरहामा खातुनको मात्र मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: