शनिवार दोलखालाई केन्द्र बनाएर अर्को भूकम्प

काठमाण्डौ । शनिबार नेपालमा पुनः भूकम्पको धक्का महसुस भएको छ । शनिबार दिउँसो १.१४ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो । गोरखा केन्द्र बिन्दु भएर आएको वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पको रुपमा यो धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शुक्रबार मात्रै नेपालमा ६ पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ७.१९ बजे हुम्ला केन्द्र भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो । शुक्रबार राति पौने नौ बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको थियो। यसअघि बेलुका ६.४९ बजे सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.० म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो ।

यो साताकै दुई ठूला भूकम्पको धक्का शुक्रबार महसुस भएको छ। धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.४४ बजे ४.८ म्याग्निच्यूटको भूकम्प गएको थियो। त्यही स्केलको भूकम्पपछि हुम्ला केन्द्र भएर पनि गयो । शुक्रबार बेलुका ५.१७ बजे दोलखालाई केन्द्र बनाएर ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको थियो।

यसअघि अपरान्ह २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएका थियो । बिहीबार पनि ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो।                                                                                                        bhuchalo

साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ । वैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भूकम्पपछि हरेक दिनजसो नेपालमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४.० म्याग्निच्यूडभन्दा माथिका २ सय ५८ वटा परकम्प गएका छन् ।

४.० म्याग्निच्यूडभन्दा मुनिका परकम्पलाई केन्द्रले आफ्नो रेकर्डमा राख्ने गरेको छैन। त्यस्ता साना परकम्प त हजारौंपटक गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: