सचेतना अभियानको दोस्रो कार्यक्रम सम्पन्न

बिर्तामोड । गते । दलित वर्ग उत्थान समन्वय समिति बिर्तामोडको आयोजनामा वडा स्तरीय दलित समुदाय जागरण कार्यक्रम अन्तर्गत सचेतना अभियानको दोस्रो कार्यक्रम सम्पन्न भएकोछ ।
नगरपालिकाबाट उपलब्ध हुने सेवा र सुविधाकाबारेमा लक्षित समुदायलाई जानकारी गराउने उद्येश्यले “ समुदायका घर–घरमा नगरपालिका ” भन्ने सचेतना अभियान संचालन गरिएको थियो ।

बिर्तामोड नगरको दई र तिन नम्बर वडाको संयुक्त कार्यक्रम साविक अनारमनी गाविसका निवर्तमान उपाध्यक्ष लोकबन्धु कन्दङ्गबाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथी कन्दङ्गवाले उत्पिडनमा परेको समुदायको उत्थान र उन्नति बिना समग्र नेपाली समाजको विकास हुन नसक्ने कुरा बताए । त्यस्तै अन्य सहभागी वक्ताहरुले समुदायको एकता र सचेतनामा मुख्य जोड दिएका थिए ।                                                             lokbandu
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा कार्यालय प्रमुख भाष्कर लईटेल , नेपाली कांग्रेस नगर सभापति भोजराज सिटौला , नेकपा एमाले नगर उपाध्यक्ष नन्दलाल खरेल ,एनेकपा (माओवादी) नगर सदस्य माधवप्रसाद सिटौला , राप्रपा–नेपाल नगर अध्यक्ष शंकर रिजाल र दलित संघ जिल्ला सभापति गजेन्द्र नेपालीले शुभकामना मन्तब्य राखेका थिए ।

बिर्तामोड नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता छविलाल विश्वकर्माले गरेका थिए भने स्वागत गोपाल लकान्द्रीले गरे । कार्यक्रममा नीता घतानीको अध्यक्षतामा सात सदस्यीय संयुक्त वडा समन्वय समिति समेत गठन भएको छ ।

समितिमा तारादेवी गहतराज सचिव , दिपक घिमिरे कोषाध्यक्ष ,शर्मिला परियार , कृष्णमायाँ पुर्कोटी , गोपाल सिन्च्युरी र देवकला परियार सदस्यमा चयन भएका छन् । यसैगरी नै सात गतेबाट सुरु भएको नौ दिने सचेतना अभियान जेठ १५ गते गणतन्त्र दिवसका दिन वडा नम्बर नौ मा पुगेर सम्पन्न गरिने सचिव वीरबहादुर दर्नालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: