सभासद् यादवद्वारा प्रहरीविरुद्ध आन्दोलन गर्ने चेतावनी

रौतहट । सभासद् सुनिल यादव ‘जितेन्द्र’ ले अत्याधिक मदिरा सेवन गरी हो–हल्ला र कुटपिट गरेको आरोपमा स्वकीय सचिव राकेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै त्यसको कडा विरोध गरेका छन् ।                                                                                                                                                                 01

जिल्लाको पोठियाही – ५ का दिपेन्द्र साहको घरमा शुक्रबार जन्ति बनेर आएका यादवका स्वकीय सचिव राकेश गिरीसहितका केही युवाले मदिरा सेवन गरेर स्थानीय गाँउलेसँग झगडा गरेपछि स्थानिय बेञ्ची बैठाको खुटा भाँचिदिएका थिए । त्यसपश्चात प्रहरीले गिरीसहित रामबाबु दास, दिलिप गुप्ता, दिपु साह र राकेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरीले छोडिसकेको छ ।

प्रहरीले अत्याधिक मदिरा सेवन गरेका गिरीले आफु सभासद् यादवको स्वकीय सचिव रहेको भन्दै गाली–गलौजमा उत्रिएपछि गिरीलाई शुक्रबार राती नै इप्रका गरुडामा पठाइएका जनाएको छ । तर, गिरीले भने, ‘प्रहरीले आफुमाथि अन्याय गरेको बताएका छन् । कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ चारै जनालाई छुटाउन जाँदा सई चन्दन सिंहले आफुलगायत सबैजनालाई जबरजस्ती कुटपिट गरी थुनामा राखेको गिरीले दाबी गरेका छन् ।

पिएलाई पक्राउ गरेपछि छुटाउन इलाका प्रहरी कार्यालय गरुडामा पुगेका सभासद् यादव जितेन्द्रले एसपी सानुबाबु थपलियालाई घटनाको दुइदिन भित्र वास्तविक छानविन गरी पक्राउ गर्ने प्रहरी अधिकारीलाई कारबाही गर्न दवाव दिएका छन् । सभासद्को निर्देशन पश्चात एसपी थपलियाले सई सिंह दोषी ठहर भएमा प्रहरी नियमावलीअनुसार कारबाही गर्ने अथवा अन्य दोषी ठहर भए कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

तर, सभासद यादवले भने, ‘घटनाको वास्तविक छानविन र दोषीमाथि कारबाही नभएमा प्रहरीविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफ्नो कार्यकर्तामाथि प्रहरीले ज्यादती गरेको भन्दै रौतहट क्षेत्र नम्बर–५ का सयौं कांग्रेसी कार्यकर्ता शनिबार बिहानैदेखी इप्रका गरुडाको कार्यालय अगाडि धर्ना बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्: