हालसम्म ८ हजार ६ सय ५० को मृत्यु

काठमाण्डौ । देशका विभिन्न भागमा वैशाख १२ र १३ र २९ गते आएको विनाशकारी महाँभूकम्पमा परी शनिबार १०ः०० बजेसम्मको प्राप्त जानकारीअनुसार ८,६५० जनाको ज्यान गुमेको छ भने २२,०४० जना घाइते भएका छन् ।

02
भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६४०८, पश्चिम क्षेत्रमा ४५२ र मध्यपश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२९८३, पूर्व क्षेत्रमा ४५४, मध्य क्षेत्रमा ७२३३, पश्चिम क्षेत्रमा १३३२, मध्यपश्चिम क्षेत्रमा ३६ जना र सुदूरपश्चिम क्षेत्रमा २ जना रहेका छन् । मृतक ८६१२ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये ५३०७ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
साथै उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी १८३, नेपाली सेना ६ जना, सशस्त्र प्रहरी ३२ र विदेशी पर्यटक ५० जनाको संख्यासमेत उपरोक्त संख्यामै समावेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २३० र विदेशी नागरिक ८९ जना बेपत्ता भएका छन् ।
यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७१८८, पूर्व क्षेत्रमा ४५९३०, मध्य क्षेत्रमा २००८६२, पश्चिम क्षेत्रमा १४५४२८ , मध्य पश्चिम क्षेत्रमा ३१९५ र सुदूर पश्चिम क्षेत्रमा ५० गरी जम्मा ४६२६५३ भौतिक संरचनाहरु क्षती भएका छन् ।

नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानी लगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: