अब निःशुल्क वाइफाई सेवा

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी विभिन्न कम्पनीहरुले भूकम्पबाट अतिप्रभावित क्षेत्रमा निःशुल्क वाईफाई सेवा सेवा प्रदान गरेको छ ।
वर्ल्ड लिंक, सुविसु तथा लुम्बिनी नेटले नुवाकोटको त्रिशुली, सिन्धुपाल्चोकको मेलम्ची, गोरखाको आरुघाट तथा दोलखाको चरिकोट क्षेत्रमा वाईफाई सेन्टर स्थापना गरी निःशुल्क सेवा प्रदान गरेका हुन् ।                                                                                                           01

प्रभावित क्षेत्रकाजनतामा सूचनाको पहुच सिघ्र होस भन्ने हेतुले नेपाल सरकार, गृह मन्त्रालय, नेपाल दुरसंचार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक संघको सहकार्यमा संघ मातहतमा रहेको वर्ल्ड लिंक तथा लुम्बिनी नेटको पहलमा मुख्य केन्द्रविन्दु रहेको गोरखाको वारपाकमा पहिलोपल्ट उच्चगतिको इन्टरनेट निःशुल्क रुपमा प्रदान गरिएको पनि संघले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले मोवाईल चार्जिङ सेन्टर समेत स्थापना गरेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फरले दोलखाको चरिकोटमा वाईफाई सेन्टर स्थापना गरी निःशुल्क वाईफाई नेट सेवा दिँदै आएको छ ।

यस्तै, नुवाकोटको त्रिशुली, सिन्धुपाल्चोकको मेलम्ची, गोरखाको आरुघाट दोलखाको चरिकोट क्षेत्रमा क्षेत्रमा वल्र्ड लिंक तथा लुम्बिनी नेटको पहलमा कम्युनिकेशन सेन्टर स्थापना गरी निःशुल्क वाईफाई इन्टरनेट सेवा दिँदै आएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: