काभ्रेपलाञ्चोकमा एमाओवादी

काभ्रेपलाञ्चोक । एकीकृत नेकपा (माओवादी)ले भूकम्पबाट क्षति भएको जनताको घर तथा सार्वजनिक भवनलगायतको भौतिक संरचनाहरुमा अस्थायी भवन निर्माण गर्न जुटिरहेका छन् । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य लिलामणि पोखरेलको नेतृत्वमा काभ्रेपलाञ्चोक जिल्लाको जैशिथोक गाविसमा आजबाट विद्यालयको भवन निर्माण गर्न जुटिरहेका छन् ।

भूकम्पका कारण काभ्रेको जैशिथोक गाविस वडा नं. ४ मा रहेको पञ्चकन्या निम्न माध्यमिक विद्यालयको ८ कोठे भवन भत्केपछि समस्यामा रहेको विद्यालयको भवनमा अस्थायी भवन निर्माणको लागि एकीकृत नकेपा (माओवादी) टोली जुटिरहेका हुन् ।

नेता पोखरेलको नेतृत्वमा केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला ईञ्चार्ज सूर्यमान दोङ (लालध्वज) लगायत जिल्लादेखि गाउँ कमिटी स्तरसम्मका नेता तथा कार्यकर्ताहरु आज विहान ७ बजेबाट ५० जनाको टोली खटिरहेको एकीकृत नेकपा (माओवादी) काभ्रे जिल्ला कमिटी सचिव ईन्द्र बहादुर थिङ (छिन्ताङ) ले बताए ।

‘हामी यहाँ तीन दिनसम्म बसेर अस्थायी भवन बनाई विद्यालयको पठन पाठनलाई सहज बनाउने काममा लागेका छौं ।’ छिन्ताङले भने । उनकाअनुसार आज विहानबाट पहिलो चरणमा भत्केका बस्तुहरुलाई पञ्छाउने काम गरिरहेको र त्यसपछि भवन निर्माणमा जुटिरहेका हुन् ।p1

भूकम्प पीडितहरुलाई राहत महसुश गराउने उद्देश्यले थालनि गरिएको श्रम अभियान अन्तर्गत खटिएको टोलीले विद्यालयको भवनमा तत्कालका लागि भवन बनाउने काममा जुटिरहेको हो । जसमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, प्रधानाध्यापक छन्त प्रसाद सापकोटालगायत व्यवस्थापन समिति र शिक्षकहरु सहित गाउँलेहरुले पनि साथ दिइरहेका छन् ।

एकीकृत नेकपा (माओवादी) काभ्रेले श्रम अभियान अन्तर्गत पहिलो चरणमा सामुहिक रुपमा विद्यालय र स्वाथ्य चौकीको भवन निर्माणमा जुट्ने, दोस्रो चरणमा महान् जनयुद्धका शहीद, वेपत्ता परिवार र घाईते परिवारको घरमा अस्थायी टहरा बनाउन जुट्ने र भूकम्पबाट ज्यान गुमाएका मृतक परिवारका घरमा अस्थायी टहरा निर्माणमा जुट्ने एकीकृत नेकपा (माओवादी) केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला ईञ्चार्ज सूर्यमान दोङ(लालध्वज)ले बताए ।

उनकाअनुसार भोलि काभ्रेको तिमाल क्षेत्रको जनचेतना उच्च मावि सस्र्युंखर्कमा र त्यसपछि काभ्रेको विकट क्षेत्र डाँडापारीको डाँडागाउँ, बनखु, अनैकोट, रविओपी र गै्रह्रिविसौना देउपुर लगायतको क्षेत्रमा अभियान सञ्चालन हुनेछ ।p2

प्रतिक्रिया दिनुहोस्: