गोरखामा एकाबिहानै ५ रेक्टर स्केलको भूकम्प

गोरखा । गोरखालाई केन्द्र बिन्दु पारेर एकाबिहानै ५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको छ। वैशाख १२ गतेको भूकम्पपछिका परकम्पनहरू जानेक्रम जारी छ ।

                                                                                 bhuchalo
सोमबार बिहान ३ बजेर २३ मिनेटमा भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। त्यसको झड्का काठमाडौंसम्म महसुस गरिएको थियो । वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू भएर गएको शक्तिशाली भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्: