चोरी गर्ने एक समूह पक्राउ

काठमाण्डौ । काम गर्ने बहानामा चोरी गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ उपत्यकाको वौद्ध, कपन, वालाजु, नयाँ वसपार्क इलाकामा चोरी गर्ने कार्यमा संलग्न ५ जनालाई चोरीका सामानहरुसहित पक्राउ गरेको हो ।01

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले वौद्ध तथा नयाँ वसपार्कबाट उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रारम्भिक सोधपुछको क्रममा निजहरु नयाँ वसपार्क क्षेत्रका विभिन्न गेष्ट हाउसहरुमा काम गर्ने बाहानमा बस्ने र मौका मिलाइ चोरी गर्ने भन्ने कुरा खुलेको छ । यसी पक्राउ पर्ने १८ देखि २२ वर्ष उमेर समूहका रहेका छन् ।

पक्राउ पर्नेमा सुवाष वुढाथोकी, नविन भन्ने लाल वहादुर तामाङ्ग, भाइरस भन्ने आकाश लिम्वु, धराने भन्ने इन्द्र तामाङ्ग र अर्जुन तामाङ्ग रहेका छन् । उनीहरुको साथबाट डेल कम्पनीको ल्यापटप एक थान र आई फोन मोावइल एक थान बरामद गरिएको छ भने बाँकी नगद र अन्य सामानको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: