नाबालिका बलात्कार गर्ने पक्राउ

वीरगन्ज । प्रहरीले नाबालिकालाई बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका–२८ बाट उनलाई पर्सा प्रहरीको टोलीले पक्राउ गरेको हो । गएराति बाराको बडकी फूलबरिया घर भई सोही ठाउँमा बस्दै आएका ४५ वर्षीय मनत मालीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । 03

सोही स्थानकी एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको र उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।

प्रतिक्रिया दिनुहोस्: