पूर्वन्यायाधीश उप्रेतीको दाहसंस्कार नहुने

काठमाण्डौ । आफ्नै निवासमा आत्महत्या गरेका पूर्वन्यायाधीश भरतराज उप्रेतीको शव त्रिवि शिक्षण अस्पताललाई बुझाइएको छ । सुसाइड नोटमा उप्रेतीले गरेको माग अनुसार उनको दाहसंस्कार नहुने भएको छ ।

उप्रेतीले लेखेको सुसाइट नोटमा पशुपतिमा दाहसंस्कार नगर्नु र आफ्नो शव टिचिङ अस्पतालका विद्यार्थीलाई बुझाइदिनु भनेकाले उनको दाहसंस्कार नगरिने र शोक तथा श्रद्धाञ्जलीको सामान्य विधिमात्रै गरिने स्रोतले बतायो ।

पूर्वन्यायाधीश उप्रेतीले आफ्नो किरियासमेत नगर्न र त्यसवापत लाग्ने खर्च भूकम्प पीडितलाई दिन सुसाइड नोटमा आग्रह गरेकाले उनको किरियासोत नगरिने स्रोतले बतायो । उप्रेतीले आफ्नो स्वेच्छाले देह त्याग गरेको सुसाइड नोटमा जनाएका छन् ।
कानूनी पेशा छोराछोरीलाई जिम्मा02
पूर्वन्यायाधीश उप्रेती सर्वोच्च अदालतबाट सेवानिवृत्त भएसँगै अनामनगरसस्थित पायनियल ल फर्ममा आवद्ध थिए । सोही ल फर्ममा सभामुख सुवासचन्द्र नेम्वाङले पनि काम गर्ने भएकाले विगत लामो समयदेखि नेम्वाङ र उप्रेतीले एकसाथ काम गरेका थिए ।

‘भूकम्प आएपछि उहाँसँग मेरो भेट भएन, भूइँचालोको खबर के छ भनेर फोनमा मात्रै कुरा भएको थियो,’ सभामुख नेम्वाङले अनलाइनखबरसँग भने‘अचानक आत्महत्याको खबर सुन्दा अचम्मै लाग्यो, उनी स्ट्रोङ व्यक्ति हुन्, त्यसरी आत्महत्या गर्लान् भनेर कल्पनासम्म गर्न सकिँदैन ।’ उप्रेतीका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा अनूप र छोरी अञ्जू दुबै वकील हुन्, उनीहरु दुबै पायनियल ल फर्ममै आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्: