प्रतियोगिता को उपाधि युनिभर्सल क्लब काठमाडौंलाई

विर्तामोड । झापाको धाइजनमा जारी ‘धाइजन कप नकआउट भलिवल च्याम्पियनसीप’ प्रतियोगिता को उपाधि युनिभर्सल क्लब काठमाडौंले हात पारेको छ । युनिभर्सल क्लब काठमाडौं र प्रतिभा जनसांस्कृतिक परिवार आयोजकबीच आइतबार सम्पन्न फाइनल खेलमा आयोजकलाई तीन सेटमा हराउँदै युनिभर्सिटी क्लबले उपाधी हात पारेको हो ।

उसले आयोजकलाई १९÷२५, १७÷२५ र १७÷२५ अंक ल्याएर हराएको हो । ‘वेस्ट अफ फाइभ’ को पहिलो खेलमा आयोजकलाई हराएको युनिभर्सिटीका लागि दोश्रो खेल घातक बन्यो । दोश्रो खेलमा आयोजकले २०÷२५ अन्तरगले जीत हासिल गरेपछि युनिभर्सिटीका खेलाडी निराश र आक्रमक बनेका थिए । तर, तेश्रो र चोथो खेल युनिभसिर्टीले आक्रमक शैलीमा खेलेपछि लगातार दुवै सेटमा जीत हात पारको थियो । युनिभर्सिटीका लागि ५ का कृष्ण कार्की, ४ का नविन रिजाल र ८ नम्बर जर्सीका सुरज चौधरीको क्इक सर्टले क्लबलाई विजयी बनाएको थियो ।

विजेता टीमलाई ५१ हजार नगद र सिल्ड, ट्रफि तथा प्रमाणपत्रद्धारा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले पुरस्कृत गर्नुभएको थियो । त्यसैगरी उपविजेतामा चित्त बुझाएकोे आयोजक टीमलाई ३१ हजार नगद र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । उक्त पुरस्कारको राशीमध्ये स्थानीय समाजसेवी नरेन्द्र मेचेले प्रथम पुरस्कार र सोभिलाल मेचेले दोश्रो पुरस्कारको व्यवस्थापन गर्नुभएको थियो । खेल समापन कार्यक्रममा म्यान अफ दि म्याचका उपाधी विर्तामोड भलिबल क्लबका सुरज बुढाथोकी, सगुन युवा क्लबका नविन दाहाल, सुरुङाको ज्ञानज्योति क्लबका सुजन श्रेष्ठ, युनिभिर्सिटी क्लब काठमाडौंका सुरज चौधरी, शसस्त्र वेस क्याप पकलीका प्रेम खनाललाई ट्रफि र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।

khel

त्यसैगरी खेल अवधिभर उत्कृष्ठ प्रदर्शन गरेको भन्दै प्रदिप श्रेष्ठ, सुरेन चौधरी, पशुपति चौधरी, दीनेश लामा, र नविन रिजाललाई उत्कृष्ठ खेलाडीको रुपमा ट्रफि र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । धाइजन–२ मा रहेको बलभद्र जनता उच्च माविको भौतिक संरचना निर्माणकार्य अलपत्र पारेपछि स्थानीय निकायका ध्यानाकर्षण गराउन खेलको आयोजना गरिएको थियो । हाल गाउँको उच्च मावि भएकाले विद्यार्थी नआएपछि यो वर्षदेखि नर्सरीदेखि कक्षा १ सम्म अंग्रेजीे माध्यम बनाएपछि विद्यार्थीको चाप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्: