फरार दुइ कैदी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले सिन्धुपाल्चोक कारागारबाट भागी फरार रहेका अपहरण मुद्दाका दुईजना कैदीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने कैदीमा सिन्धुली जिल्ला कमलामाई नगरपालिकाका पुष्पराज श्रेष्ठ र सिन्धुपाल्चोक जिल्ला हगाम गाविस–५ का सगुन श्रेष्ठ रहेका छन् ।

bandi
अपहरण मुद्दामा कैद तोकिएका कैदी, बन्दीलाई महाशाखाको टोलीले खोजी गर्दा निजहरुलाई शनिबार महाशाखाले पक्राउ गरिएको र हाल महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको तथा सिन्धुपाल्चोक कारागार पठाउने कार्य भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: