भारतमा गर्मीका कारण ३ सय ५० जनाको मृत्यु

एजेन्सी । गर्मीका कारण यो वर्ष ३ सय ५० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतका कतिपय ठाउँमा तापक्रम बढेर ४८ डिग्री पुगेको छ भने राजधानी नयाँदिल्लीमा तापक्रम ४४डिग्री सेल्सियससम्म पुगेको छ।

04
गर्मीबाट सबैभन्दा बढी भारतका दक्षिणी राज्य प्रभावित भएका छन्। शनिबार यताका दुई दिनमा तेलंगना राज्यमा ५८ र आन्ध्रपदेशमा ८७ जना गर्मीका कारण ज्यान गएको छ।
उत्तर प्रदेश, पश्चिम बंगाललगायतका राज्यमा पनि गर्मी सहन नसकी मानिसहरुको ज्यान गएको छ। मौसमविद्ले केही दिन गर्मी नघटने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्: