वडा नम्बर ८ सेमीफाइनलमा प्रवेश

विर्तामोड ।  झापाको दुहागढीमा जारी वडास्तरीय फुटवल प्रतियोगिता अन्तरगत आइतबारको खेलबाट वडा नम्बर ८ सेमीफाइनलमा प्रवेश गरेको छ । ६ नम्बरलाई २ शुन्य गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

९ बटा टीमबीचका गत जेठ ६ गतेबाट सुरु भएको उक्त फुटवल प्रतियोगितामा प्रथम हनुेलाई स्थानीय नरेन्द्र मेचेले २१ हजार नगद र प्रमाणपत्रको व्यवस्था गरेका छन् । त्यसैगरी दोश्रोलाई १० हजार तथा तेस्रोलाई ५ हजार नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने आयोजक दुहागढी ९ का अध्यक्ष कृष्ण थापाले बताए ।

foot ball

 

प्रत्येक वर्ष आयोजना गरिदै आएको उक्त वडास्तरीय फुटवल प्रतियोगितामा अघिल्लो वर्ष उपाधि हात पार्ने वडाले अर्को वर्ष प्रतियोगिताको आयोजना गर्नुपर्ने त्यहाँको नियम छ । प्रतियोगिताका लागि दुहागढी गाविसले ५० हजार विनियोजित गरेको गाविस सचिव कविन्द्रविक्रम नेम्बाङले बताए । भोलीको खेल दुहागढी ९ र ४ बीच हुने आयोजक समितिका सचिव निरन गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्: