के छ न्यायाधीश उप्रेतीको सुसाइड नोटमा ?

काठमाण्डौ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेतीले ‘इच्छावरण’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । रातोपुलस्थित आफ्नै घरको बैठककक्षमा सोमबार डोरीमा झुन्डिएर उनले आत्महत्या गरेका हुन् ।                                                                                                                                                                                  01

सर्वोच्च अदालतका पूर्वन्यायाधीशलाई चेम्बर प्राक्टिस (इजलासमा बहस नगरी कानुनी सल्लाह दिने काम गर्न नदिने निर्णयपछि आफू बाँच्नुको महत्व नभएको उनले सुसाइड नोटमा उल्लेख गरेका छन् ।

‘कानुन व्यवसायी र न्यायाधीश हुँदा हजारौं निर्णय गरेको छु, कतिमा गल्ती भए होला, इच्छावरणको निर्णय अन्तिम हो । यो निर्णयमा कसैको हारजित पनि हुँदैन । नेपाल बार एसोसिएसनको राष्ट्रिय सम्मेलनले सर्वोच्च अदालतका न्यायधीशले चेम्बर प्राक्टिस गर्न नपाउने निर्णयले मेरो मन मरिसकेको यिो ।

मरेको मनले बाकेको भौतिक शरीरको काम पनि देखिएन । त्यसैले यो इच्छावरण गर्ने निर्णय भयो‘,’उप्रेतीले सुसाइड नोटमा उल्लेख गरेका छन् । आफ्नो क्षमता र सीपलाई कतै प्रयोग गर्ने आधार नदेखेपछि उनले विरत्तियर आत्महत्या गरेको हुनसक्ने आफन्तहरुले बताएका छन् ।

एकपन्ना लामो सुसाइड नोटमा उप्रेतीले कसैलाई दोष लगाएका छैनन् । सुरुमा उनले श्रीमती र छोराछोरीलाई सम्बोधन गरेका छन् । वरिष्ठ अधिवक्ता समेत रहेका उनी कानुनको क्षेत्रमा प्रखर बक्ताका रुपमा चिनिन्थे । कर्पोरेट कानुनको सम्बन्धमा उनले किताब समेत लेखेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: