चीनमा आगलागि हुदाँ ३८ को मृत्यु

एजेन्सी । चीनमा सोमबार एक निजी अपार्टमेन्टमा आगलागि हुँदा ३८ जनाको ज्यान गएको छ । आगलागिमा परी ६ जना घाइते भएका छन् । हेनान प्रान्तमा सोमबार साँझ ७.५५ बजे अपार्टमन्टमा आगो लागेको थियो ।

सो अपार्टमेन्टमा बुढाबुढीको स्याहार केन्द्र सञ्चालन गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । आगलागिको कारण खुल्न सकेको छैन् । अधिकारीहरुले घटनाको अनुसन्धान गरिरेहका छन् ।                                                                                                                                                          chin

गत फेब्रअरीमा चीनको ग्युंगदोङ प्रान्तमा भएको आगलागिमा १७ जनाको ज्यान गएको थियो भने सन् २०१३ मा जिलिन प्रान्तको एक कुखुरा मार्ने घरमा आगो लाग्दा १ सय २० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: