जिल्ला विकास समितिमा तालाबन्दी

जाजरकोट । स्थानीय विकास अधिकारीले लाखौं रकम हिनामिना गर्न लागेको आरोप लगाउदै यहाँको जिल्ला बिकास समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । बाँडेको भन्दै जिल्ला विकास समिति जाजरकोटमा तालाबन्दी गरिएको छ । कमिशनको खेलमा कोटेशन गुपचुपमा बाँडेको भन्दै संस्थागत भ्रष्टाचार बिरुद्ध शुद्धिकरण अभियान चलाएका युवाहरुले जिविसमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दी रोक्न जिविस परिसरमा प्रहरी पुगे पनि युवाहरुले तालाबन्दी गरेरै छाडेका थिए । विकेन्द्रिकृत ग्रामिण पूर्वाधार विकास तथा जिबिकोपार्जन सुधार (ड्रीलिप) कार्यक्रम अन्तर्गत खलंगा (रिम्ना र मोर्क(बालुवा सडकको मर्मत संभार तथा स्तरोन्नतिका लागि सार्बजनिक निर्माण शिर्षकको ७३ लाख रुपैयाको कोटेशन स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले केही ब्यक्तिलाई गोप्यरुपमा दिएको आरोप तालाबन्दी गर्ने युवाले लगाएका छन् ।jajarkot

सार्बजनिक सूचना गरेर सूचिकृत फाराम संकलन गरी कोटेशन वितरण गर्ने प्रावधान भए पनि पोखरेलले त्यसो नगरी जेठ ७ गते कार्यालय समयपछि केही ब्यक्तिसंग कमिशन लिएर सम्झौता गरेको संस्थागत भ्रष्टाचार बिरुद्ध शुद्धिकरण अभियानका संयोजक सिपि घर्तिले बताए । यस्तो नियम बिपरित र कमिशनको लेनदेनमा काम गरेको बिरुद्धमा तालबन्दी गरिएको घर्तिको भनाई छ ।

नेपाली कांग्रेस निकट रहेका पोखरेलले जनसहभागिता शिर्षकको ८२ लाख बजेट उपप्रधान तथा स्थानीय विकास मन्त्रीको आदेश भन्दै मनोमानी बाँडेका थिए । केही दिन पछी ड्रीलिप कार्यक्रमको लाखौं रकम कोटेशन बाँडेको भन्दै जिल्लास्तरमा बिरोध समेत भएको थियो । कोटेशन बाँडेर सम्पर्क विहीन भएका स्थानीय विकास अधिकारी जिविसमा तालबन्दीपछि मंगलबार जिल्ला फर्किएका छन् । सर्बपक्षिय बैठक गरेर ताला खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्: