नाकाबाट पाँच महिलाको उद्धार

कञ्चनपुर । पश्चिमी सिमानाका गड्डाचौकीबाट सोमबार साँझ भारततर्फ जान लागेका पाँच महिलाको उद्धार गरिएको छ ।
वैदेशिक रोजगारीका लागि किर्गिस्तान जान भन्दै पोखरा–दिल्लीको बसमा आएका पाँच जनाको पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा एक बालिकासमेत रहेकी छिन् ।

                                                                                                                                                                                               balika
भारतीय राजधानी दिल्लीबाट किर्गिस्तान जाने जानकारी गराएपछि पाँचैजनालाई उद्धार गरिएको माइती नेपालकी संयोजक महेश्वरी भट्टले बताउनुभयो । माइती नेपालको आवधिक गृहमा राखिएका उनीहरुमध्ये दुई जनासित नागरिकता र राहदानी भेटिएको छ ।

अन्य तीनसित नागरिकतासमेत नभएको संयोजक भट्टले बताए ।
“किर्गिस्तान जाने बहानामा भारतमा बिक्री गर्ने गिरोहले बोलाएको हुनसक्छ”)संयोजक भट्टले भने–“उनीहरुलाई दिल्लीसम्म मगाउन किर्गिस्तानको बहाना गरिएको हुन सक्छ ।” किर्गिस्तान जान आएका दुई युवतीले दलाललाई रु ५०र५० हजार बुझाएका छन् ।

उनीहरुले आफूलाई भारत पठाउने व्यक्तिसित चिनजान नभएको बताएका छन् ।
“दिल्लीसम्म आउनु, त्यहीँबाट किर्गिस्तान जाने भनेर बोलाएको हो, तर त्यो पठाउने व्यक्तिबारे उनीहरुले केही थाहा छैन भनेका छन्”–संयोजक भट्टले भने। माइती नेपालका अनुसार उद्धार गरिएका महिलामा स्याङ्जा, पर्वत र कास्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: