मलेसियामा भेटिए एकसय ३९ चिहान

मलेसिया । मानव बेचबिखनमा संलग्न अपराधीहरूले जङ्गलमा प्रयोग गरि परित्याग गरेका शिविरहरूमा १३९ चिहानका साथै आप्रवासीलाई राख्न तारको खोर फेला परेको मलेसियाली अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

मलेसियाका राष्ट्रिय प्रहरी प्रमुख खलिद अबु बाकरले खाली गरिएका शिविरमा फेला परेका २८ चिहान खन्ने काम अदालती विशेषज्ञहरूले गरिरहेको बताए । उनले थाइल्यान्डको सीमामा रहेको बनमा उक्त शिविर फेला परेको र त्यसलाई मानव बेचबिखन गर्ने व्यक्तिहरूले सञ्चालन गरिरहेको देखिएको बताए । 999

उक्त शिविरबाट निकै किलोमिटर पर वाङ केलियानमा पत्रकारहरूलाई यो निकै नराम्रो घटनास्थल भएको बताए । उनले एक शिविरमा करिब ३०० व्यक्ति राख्नसकिने अवस्था देखिएको बताउनुभयो ।

उनले आफूले यस प्रकारको बरबरपना यसअघि कहिल्यै नदेखेको बताए । जङ्गलको एक शिविरमा प्रहरीले एक काठको खोरमा मानव शरीरका कुहिएका निकै भाग फेला पारेको छ । ती भागलाई सेता बोरामा राखी वाङ केलियान ल्याइएको छ ।

उक्त वनमा रहेको चिहान खन्ने काम मङ्गलबार आरम्भ हुने बताइएको छ । उहाँले आफूहरूले १३० चिहान फेला पारेको बताउनुभयो । उहाँले यहाँ मानव बेचबिखनबाट पीडित व्यक्तिको शव रहेको विश्वास गरिएको बताए ।

अन्तर्रा्ष्ट्रिय दबाब बढ्दा तथा आमसञ्चारले समाचार दिएपछि दक्षिणपूर्वी एसियाली सरकारहरूले यस्ता अपराधीमाथि कारवाही गर्न थालेका छन् र अपराधीहरूले पनि हाल जमिन, तथा समुद्रमा ढुङ्गामा रहेका यस्ता शिविर परित्याग गर्न थालेका छन् ।

मे १० देखि बङ्गलादेश तथा म्यानमारको रोहिङ्ग्या समूहका करिब तीन हजार ६०० व्यक्तिलाई इन्डोनेसिया, मलेसिया तथा थाइल्यान्डमा फेला पारिएको छ । हजारौँ व्यक्तिलाई समुद्रमा ढुङ्गामा छोडिएको पनि आशङ्का गरिएको छ ।

मलेसिया तथा इन्डोनेसियाले गत साता यस्ता आप्रवासीलाई एक वर्षका लागि अस्थायी आवास दिने घोषणा गरेका छन् । अमेरिकाले यीमध्ये केहीलाई आफ्नो भूमिमा स्थायी रूपमा बसोबास गर्न दिने बचन दिएको छ ।

म्यानमारमा रोहिङ्ग्या समूहको जनसङ्ख्या एक लाख ३० हजार रहेको छ र उनीहरूलाई विश्वमा सबैभन्दा यातना दिइएको समूदायको रूपमा लिइएको छ । उनीहरूको आधारभूत मानवाधिकार अस्वीकार गरिएको छ भने म्यानमारको राखिने राज्यमा सन् २०१२ देखि उनीहरूलाई आफ्नो घरबाट अनेकौँपटक खेदिएको छ ।

यस आक्रमणबाट एक लाख ४० हजार व्यक्ति विस्थापित भएका छन् र उनीहरू हाल भीडयुक्त शिविरमा रङ्गभेद नीतिको अवस्थामा जस्तै बाँच्न बाध्य भएका छन् । एक लाखभन्दा बढी हाल समुद्रबाट अन्यत्र भागेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: