‘लिपुलेक नेपालको भुमी हो’–नारायणकाजी

काठमाण्डौ । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला गरिएको सम्झौताप्रति एमाओवादी उपाध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले गम्भिर आपत्ति प्रकट गरेका छन् ।

मोदीको चीन भ्रमणका बेला लिपुलेकलाई दुई देशको व्यापारिक मार्गको रुपमा विकास गर्ने सम्झौताको श्रेष्ठले विरोध गरेका हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठले लेखेका छन्, ‘ लिपुलेक नेपालको भुमी हो ।                                                                                                            kaji

यसलाई भारतले अतिक्रमण गरिराखेको छ । यो तथ्य चीनलाई पनि राम्ररी थाहा छ। भारतले समेत यसलाई बिबादको बिषय का रुपमा स्वीकार गरेको छ। यस्तो अवस्थामा नेपाल सङ्गको परामर्श र अनुमति बिना चीन र भारतले कसरी लिपुलेक सँग सम्बन्धित सम्झौता गर्न सक्योरु यस प्रति हाम्रो गम्भीर आपत्ति रहेको छ ।’ यस सम्झौताले नेपालको राष्ट्रिय सार्वभौमिकताको अवमूल्यन र नेपालीहरुको अपमान गरेको श्रेष्ठले बताएका छन् ।

‘ नेपालको सार्बभौमिकता तथा हितको उपेक्षा गरेर आफ्नो हितलाई मात्र ध्यान दिन मिल्छ ? तसर्थ लिपुलेक लाई लिएर नेपालको सहमति र संलग्नता बिना कुनै सम्झौता हुन सक्तैन,’ श्रेष्ठले लेखेका छन् ।

श्रेष्ठले चीन र भारतले उक्त सम्झौता तत्काल सच्याउनुपर्ने माग गरेका छन् । त्यस्तै नेपाल सरकारले पनि यसबारे कुटनैतिक माध्यमबाट कदम चाल्नुपर्ने बताएका छन् । श्रेष्ठले भनेका छन् ‘चीनले आफ्नो पहलबाट यसलाई सच्याउनु पर्दछ। चीन र नेपालको सम्बन्धमा अविश्वास र आशंका बढ्न नपओस् ।’

प्रतिक्रिया दिनुहोस्: