१२ लाख ६१ हजारकोे एउटा पर्स

एजेन्सी । कान्स फिल्म फेस्टिवल को अवसरमा आयोजित हार्टफन्ड गेला इवेन्टमा महत्वपूर्ण सामानको नीलामी भएको छ । त्यस अवसरमा एउटा मूल्यवान् चेनल पर्सको खरीद गर्नका लागि हलीउड स्टार लियोनार्डाे डिकेप्रियो र मोडल पेरिस हिल्टन दुबैले धेरै ठूलो े बोली लगाएका छन् ।pars

तर, लियोले १३ हजार डलरमा त्यस पर्सलाई खरिद गरेर हिल्टनलाई पछाडी पारेका छन् ।  लियोले त्यो पर्स आफ्नी आमाका लागि किनेका हुन् ।

यस ब्लूनियोप्रेन फ्लैप पर्सको खरीद गरेको रकम चियारिटीमा खर्च गरिने छ । लीलामी को पूरा प्रक्रिया को अवसरमा लियो र हिल्टन दुबैजना पछाडी नहट्ने तैयारी थिए । अन्तिममा लियो ले बाजी जिते । यस हार्टफन्ड गेलाबाट प्राप्त रकम हृदय सम्बन्धि रोगका बच्चाहरुको उपचारमा खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस्: