आज फेरी भूकम्पको कडा धक्का

काठमाण्डौ । बुधबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महसुस भएको छ । बुधबार दिउँसो १ बजेर १७ मिनेटमा केही सेकेन्ड कडा धक्का महुस भएको हो । सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको ४.५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।000

यसअघि मध्यान्ह १२ बजेर ३ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार मध्यान्ह १२.०३ बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पको रुपमा यो भूकम्प गएको छ । मंगलबार राति १० बजेर ५२ मिनेटमा हावाहुरी चलिरहेकै बेला ५ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्: