एकदिवसीय खेलमा पाकिस्तान विजयी

काठमाण्डौ । जिम्बावेविरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान ४१ रनले विजयी भएको छ । यससँगै उनले तीन एकदिवसीय श्रृखलामा पाकिस्तानले १–० को अग्रता लिएको छ । गद्धाफी स्टेडियम लाहोरमा पहिले ब्याटिङ गरेको पाकिस्तानले शोएब मल्लिकको शतकको मदतमा ५० ओभरमा ३ विकेट गुमाएर ३७५ रन बनायो ।

khel

उसका लागि मल्लिकले ११२ रन बनाए । मोहम्मद हफिजले ८९ रन जोडे भने अजहर अलीले ७९ रनको योगदान दिए । हरिस सोहिल ८९ रनमा अविजित रहे । जवाफमा मैदान उत्रिएको जिम्बावे ५० ओभरमा ५ विकेट गुमाएर ३३४ रन मात्र बनाउन सक्यो । जिम्बावेका इल्टोन चिगुमबोराले ११७ रन बनाएपनि टोलीको हार टार्न सकेननन् । हृयामिल्टन मसकदजले ७३ रनको योगदान दिए । पाकिस्तानका वाहव रियाजले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्: